गृहपृष्ठ विद्यालय बन्द गरेर शिक्षकहरु धर्नामा

विद्यालय बन्द गरेर शिक्षकहरु धर्नामा

अनिवार्य उपस्थित हुन प्रधानाध्यापक तथा शिक्षकलाई महासंघको उर्दी

teacher3-newskarobar फइल तस्बिर

विद्यार्थीहरुलाई पठन पाठन गराउनुपर्ने शिक्षकहरु विद्यालय बन्द गरेर धर्नामा जुटेका छन् । नेपाल शिक्षक महासंघमा आबद्ध शिक्षकहरु शिक्षा विकास तथा समन्वय इकाई धनुषामा धर्नामा बसेका हुन् ।

शिक्षक महासंघका प्रदेश २ का अध्यक्ष मेघनाथ यादवको उपस्थितिमा भएको आन्दोलनमा धनुषाका अधिकांश शिक्षकहरु सहभागी भएका छन् । बिहान १० बजेदेखि २ बजेसम्म धर्ना दिइने महासंघले जनाएको छ ।

महासंघले सम्पूर्ण विद्यालयका प्रध्यानाध्यापक र शिक्षकहरुलाइ धर्नामा अनिवार्य रुपमा सहभागी हुन उर्दी लगाएपछि शिक्षकहरु विद्यालय बन्द गरी धर्नामा सहभागी भएका छन् । पठन पाठन छाडेर शिक्षकहरु धर्ना दिँन गएपछि विद्यालयको पढाई प्रभावित भएको छ ।

प्रकाशित समय १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु