गृहपृष्ठ महिला हिंशा रोक्न हातेमालो जरुरी : उपसभामुख थारु
महिला हिंशा रोक्न हातेमालो जरुरी : उपसभामुख थारु
प्रदेश ५ कि उपसभामुख कृष्णी थारुले हिंसा न्युनीकरणका सबैको हातेमालो आवश्यक रहेको बताएकी छन् । विचार र व्यवहार परिवर्तन आवश्यक रहेको उनको भनाई थियो ।
उक्त कार्य एकल रुपमा सम्पन्न नहुने भन्दै उपसभामुख थारुले समाजका सबै व्याक्ति, तह र तप्काबाट यसको थालनी हुनुपर्ने बताइन् । प्रदेश सरकारको संरचना जिरोबाट शुरु भएको भन्दै उनले हिंशा न्युनिकरणका लागि सरकार प्रतिबद्ध भएको बताइन् ।
रिपोर्टस क्लब बुटवलले आयोजना गरेको साक्षत्कार कार्यक्रममा उप सभामुख थारुले हिंशा दबाएर बस्ने बानी सबैले हटाउनुपर्ने बताइन् । ‘हिजो पनि हिंशा भएको थियो, आज हिंशा बाहिर आउन थाले, कुनै न कुनै हिसाबले महिला हिंशामा नै परे, अब रोक्नुपर्छ, विचार र व्यवहार परिवर्तन गरौं ।’
अपराधीलाई कारबाही, आर्थिक शशक्तिकरण र दीगो जिवीकोपार्जनको बाटोमा महिलाहरुलाई अगाडि बढाउनुपर्ने थारुको भनाई छ । महिला हिंशा न्यूनिकरण तथा अवस्थाका सन्दर्भमा रिपोर्टर्स क्लब प्रदेश ५ द्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थारुले हिंशा न्यूनीकरणका लागि सबैको चासो हुनुपर्ने उनको धारणा छ । प्रदेश सभा ५ ले अहिलेसम्म २ वटा अधिवेशनमा १५ विधेयक प्रमाणीकरण गरेको उनले जानकारी दिइन् ।
प्रकाशित समय १३:५० बजे
















