गृहपृष्ठ उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर जनकपुर आउने

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर जनकपुर आउने

janaki-mandir-newskarobar

भारतको उत्तर प्रदेश (युपी) राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ राम–जानकी विवाह महोत्सवमा सहभागी हुन जनकपुर आउने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउने चर्चाकाबीच योगी आदित्यनाथ जनकपुर आउने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताए ।

प्रधानमन्त्री मोदी तथा गृहमन्त्री राजनाथ सिंह आउने कुरा बाहिर आए पनि जनकपुरको कुर्था र जयनगरसम्म सञ्चालन हुन लागेको रेल्वेको उदघाट्न नहुने भएपछि युपिका मुख्यमन्त्री योगि जन्ती बनेर आउने निश्चित भएको छोटे महन्थ वैष्ण्वले जानकारी दिए ।

विवाह पञ्चमीमा योगी आउने भएपछि उनको स्वागत तयारी बारे भारतका राजदूत मञ्जिब सिंह पुरी जानकी मन्दिरमै आएर छलफल गरेका छन् । २६ गते हुने राम–जानकी विवाह महोत्सवमा जयन्तीलाई जनकपुरधाममा स्वागतका लागि तयारी गर्न थालिएको छ ।

भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता समेत रहेका मुख्यमन्त्री योगी जनकपुर आउँदा अपनाउनु पर्ने सुरक्षा अवस्थाबारे समेत राजदुत मञ्जिव सिँह पुरीले सरोकारबाला निकायहरुसँग छलफल गरेका छन् । हिन्दूवादी नेता रहेका योगी जनकपुर आउने भएपछि जनकपुरका वासिन्दा खुशी भएको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए ।

प्रकाशित समय १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु