गृहपृष्ठ जन्तीको स्वागतमा मात्र ८ लाखको फूल
जन्तीको स्वागतमा मात्र ८ लाखको फूल
विवाहपञ्चमीमा यसरी सजाइँदै छ जनकपुर
राम–जानकी विवाह महोत्सवको तयारीका क्रममा जनकपुरधामलाई सजाउने क्रम तीव्र गतिमा भइरहेको छ । राम–जानकी विवाह पञ्चमी महोत्सवमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत ५ सयको संख्यामा साधुसन्त अतिथीहरु आउने निश्चित भएको महोत्सव व्यवस्थापन पक्षले जानकारी दिएको छ ।
अहिले जानकी मन्दिर सजाउनेदेखि पण्डाल निर्माण, जन्तीलाई खानपान, बस्ने व्यवस्थापनको साथै रंगभूमि बाह्र विघा मैदान सजाउने काम भइरहेको छ ।

विवाहपञ्चमी महोत्सवलाइ भव्यताका साथ मनाउन जानकी मन्दिर सरसफाइ गरिनुका साथै रंगरोगन तथा साथै विद्युतीय सामग्रीले सजाउने काम भइरहेको छ । राम–जानकी विवाहको लागि नगरदर्शन, स्वयम्बर, विवाह, रामलिलाको लागि छुट्टा छुट्टै तीन ठाउँमा स्टेजसहित पन्डाल निमार्ण भइरहेको छ ।
१० लाखको टेन्ट पन्डालमा खर्च हुने गरी मन्दिरमा डेकोरेसनको तयारी भइरहेको छ । तीन ठाउँमा सयपत्रिलगायतको फूलले सजाएर पन्डाल बनाउने काम समेत भइरहेको छ । भारतको कोतकत्ताबाट राम–जानकी विवाहका लागि सयपत्री फूलमात्रै करिब ८ लाखको अर्डर गरिएको आयोजक समितिका संयोजक महन्त दासले बताए ।

यता, स्वयम्बर हुने स्थल बाह्र विघा रंगभूमि मैदानमा समेत श्रद्धालु यात्रुहरुका लागि बसोवास र सांस्कृतिक कार्यक्रमका लागि ठूल–ठूला पन्डालहरु धमाधम निमार्ण भइरहेको छ । आयोजक समिति र नेपाली सेना लगायत अन्य सामाजिक संघ संस्थाहरुले श्रद्धालुहरुको लागि निःशुल्क बास, खानपानको लागि पन्डाल निमार्ण गरिरहेका छन् । त्यस्तै निजी विद्यालयहरुको संघ संगठनहरुले समेत विद्यालयहरुमा श्रद्धालुहरुलाई बस्न, शौचालय, खानेपानीको व्यवस्थापन गरिने गृहकार्य भइरहेको प्याब्सन धनुषाका अध्यक्ष विश्वलाल सिंहले जानकारी दिए ।

विवाह पञ्चमीमा २ करोड ५० लाख खर्च हुने अनुमान
राम–जानकी विवाहपञ्चमीको लागि अनुमानित २ करोड ५० लाख खर्च हुने महन्थ दासले बताए । उनले भने प्रदेश सरकारले ५० लाख सहयोग गरे पनि जनकपुर उपमहानगरपालिका र अन्य सरकारी निकायबाट सहयोग प्राप्त नभएको महन्थ दासले बताए । यो खर्च समितिबाट मात्रै हुने अनुमानित खर्च हो तर विभिन्न संघ, संस्था, गुठी संस्थान, जनकपुर उपमहानगरपालिका, प्रदेश सरकार, विभिन्न सामाजिक संघ, संस्थालगायत अन्य मठमन्दिरले समेत करोडौं रकम खर्चिने गर्दछ ।

हात्ती घोडा र उँट लिएर अयोध्याबाट जन्ती आउने
अयोध्याबाट २४ गते नै हजारौंको संख्यामा जन्तीहरुले २ हात्ती, २ घोडा र २ उँटसहित आउन लागेको औपचारिक जानकारी गराइएको रामजानकी विवाह पञ्चमी समारोहका संयोजक समेत रहेका जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ।
राम-जानकी विवाह महोत्सव आजबाट सुरू, महोत्सवमा भारतीय कलाकार पनि सहभागी हुने
मुख्यमन्त्री राउत आफैं जुटे सरसफाईमा, सफाई अभियानमा सेना, सशस्त्र, जनपथ र विद्यार्थीहरुको सहयोग
प्रकाशित समय १६:५७ बजे

















