गृहपृष्ठ विवाह पञ्चमीमा आउनेलार्इ शौचालय अभाव
विवाह पञ्चमीमा आउनेलार्इ शौचालय अभाव
बढी भीडभाड हुने ठाउँमा जनकपुरधाम उपमहानगरले पर्याप्त शाैचालय बनाएन
विवाह पञ्चमीको अवसरमा जनकपुर आउने लाखौं श्रद्धालु भक्तजनहरुको सुविधाको लागि जनकपुरमा शौचालयको अभाव हुने भएको छ । यसपटक अघिल्ला वर्षको तुलनामा दोब्बर श्रद्धालु भक्तजनहरुको सहभागिता हुने अनुमान भइरहेको बेला जनकपुरमा घुम्ती शौचालयको अभावका साथै सार्वजनिक स्थलमा सार्वजानिक शौचालय नभएर भक्तजनहरुलाई शौच गर्न समस्या हुने देखिएको छ ।
राम-जानकी विवाहपञ्चमी मूल समारोह समितिले बाह्र विघामा निमार्ण गरेको पन्डलमा बस्ने र खाने व्यवस्थापन गरिने साधुसन्तहरुको लागि ३ ठाउँमा ९ वटा अस्थायी शौचालयको व्यवस्थापन गरेको छ । तर लाखौं श्रद्धालुहरु बाह्र विघामै बस्ने भएकाले थप शौचालयका साथै पानीको आवश्यकता देखिएको छ ।
बाह्र विघाको अलावा जानकी मन्दिर उत्तर पुरानो टेलिकम नजिक सार्वजनिक शौचालय छ । विवाह पञ्चमी महोत्सवमा सरसफाइको जिम्मेवारी वहन गर्दै आएको जनकपुरधाम उपमहानगरपालिकाले बढी भीड हुने स्थलमा शौचालय बनाउने अग्रसरता नलिएकाले यस पटक श्रद्धालुहरु खुल्ला ठाउँमा शौच गर्न बाध्य हुने देखिएको स्थानीय बुद्धिजीविले टिप्पणी गरेका छन् । उपमहानगरले शौचालय र पानीको व्यवस्थापन गर्नुपर्ने आयोजक समितका संयोजक जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताए ।
यता, जनकपुर उपमहानगरपालिकाका सरसफाई अधिकृत ललन कर्णले आफूहरुले श्रद्धालुभक्तजनहरुको भीडभाडलार्इ मध्यनजर गर्दै बाह्र विघा लगायतको ठाउँमा पानीसहितको अस्थायी शौचालय निमार्ण गर्ने बताए ।
भारत सरकारकै लगानीमा जनकपुर बृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा बारह विगहा रंगभूमि मैदानको दक्षिण पूर्व कुना र उत्तर पूर्व कुनामा निमार्ण गरिएको सार्वजनिक शौचालयले पूर्णता नपाएकाले समस्या हुने देखिएको छ । पक्की स्थायी शौचालय निमार्णको लागि भारतले करोडौं रकम दिए पनि ढिला सुस्तीका कारण निमार्णधीन अवस्थामै छ ।
यो पनि पढ्नुहोस् ।
जन्तीको स्वागतमा मात्र ८ लाखको फूल, विवाहपञ्चमीमा यसरी सजाइँदै छ जनकपुर
राम-जानकी विवाह महोत्सव आजबाट सुरू, महोत्सवमा भारतीय कलाकार पनि सहभागी हुने
मुख्यमन्त्री राउत आफैं जुटे सरसफाईमा, सफाई अभियानमा सेना, सशस्त्र, जनपथ र विद्यार्थीहरुको सहयोग
जनकपुरधाममा विवाहपञ्चमीको रौनक बढ्यो
जानकी मन्दिर सौन्दर्यीकरणका लागि ७ करोड २१ लाख, विकासको सुरूवात जानकी मन्दिरबाट भयो : मुख्यमन्त्री
राम-जानकी विवाह महोत्सको तयारी तीव्र, जानकी मन्दिर जोड्ने जीर्ण सडक धमाधम मर्मत हुँदै
रामजानकी विवाह महोत्सवको तयारीमा मुख्यमन्त्री राउतको चासो
विवाह महोत्सवको तयारी तीव्र, सीता-रामको स्वयम्बर २६ गते, सोही दिन विवाह
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर जनकपुर आउने
प्रकाशित समय १७:१७ बजे

















