गृहपृष्ठ ओभरटेक गर्न खोज्दा टिपर पल्टियो : एकको मृत्यु, ११ जना घाइते
ओभरटेक गर्न खोज्दा टिपर पल्टियो : एकको मृत्यु, ११ जना घाइते
फाइल तस्बिर
सोमबार सिन्धुपाल्चोकस्थित जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बा ४ ख ९०१७ नम्बरको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए ।
दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कुमार श्रेष्ठले मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको जानकारी दिए । रासस ।
प्रकाशित समय १३:४९ बजे

















