गृहपृष्ठ बस संचालक समितिले पाएको १ किलो सुन बेचेर एम्बुलेन्स किन्ने
बस संचालक समितिले पाएको १ किलो सुन बेचेर एम्बुलेन्स किन्ने
पोखराको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले उपहारमा पाएको एक किलो सुन बेचेर पाएको रकमले एम्बुलेन्स खरिद गर्ने भएको छ ।
कान्तिपुरको ग्राहक बन्दा बम्पर पुरस्कारअन्तर्गत समितिको वीरगञ्ज शाखाले एक किलो सुन उपहार प्राप्त गरेको थियो । उक्त सुन बेच्दा आउने रकमबाट समितिले अत्याधुनिक एम्बुलेन्स सेवा संचालन गर्ने तयारी गरेको समितिका अध्यक्ष एनकुमार साईले बताए ।
सवारी दुर्घटना हुनसाथ जति सक्दो छिटो छरितो रुपमा उद्धार गर्ने उद्देश्यले आफुहरुे प्राप्त गरेको उपहारलाई सामाजिक कार्यमा लगानी गर्न लागेको अध्यक्ष साईले बताए । ढिलोमा दशैंसम्म अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालन गर्ने उनले जनाए । ‘सवारी दुर्घटनापछि घाइते भएकाहरुलाई समयमै उपचार गर्न हामीले अत्याधुनिक एम्बुलेन्स ल्याउन लागेका हौं,’ उनले भने ।
प्रकाशित समय १९:४३ बजे

















