गृहपृष्ठ सरकारी वकिलविरुद्ध भ्रष्टाचार मुद्दा

सरकारी वकिलविरुद्ध भ्रष्टाचार मुद्दा

CIAA

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उच्च सरकारी वकिलको कार्यालय पोखराका सह–न्यायाधीवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उच्च सरकारी वकिलको कार्यालय पोखरका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले थापालाई ठगी मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन नगरी मिलाइदिने भन्दै प्रतिवादीबाट घुस लिएको अभियोग लगाएको छ ।

उनले उक्त मुद्दामा उच्च अदालतको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा पुनरावलोकन नगराउने प्रलोभनमा ५ लाख रुपैयाँ घुस लिएको आरोप छ । अख्तियारको टोलीले थापालाई कार्यालय परिसरबाटै पाँच लाख घुससहित पक्राउ गरेको थियो ।

अख्तियारले ५ लाख रुपैयाँ बिगो तथा कैद र जरिवाना सजायको मागसहित उनिविरुद्ध मुद्दा दायर गरेको बताएको छ ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु