गृहपृष्ठ जनकपुरमा छठको रौनक
जनकपुरमा छठको रौनक
मिथिलाञ्चलमा मंगलबार श्रद्धाभक्तिपूर्वक अस्ताउदो सूर्यलाइ अर्घ दिइएर छठ पर्व मनाइँदैछ । निराहार ब्रत बसेकाहरुले पूजा सामाग्रीसहित जनकपुरको गंगासागर, धनुषसागर , गोरधोइ पोखरी, दशरथ तलाउ, अरगजा पोखरी, अगराजसर, रत्नसागर, विहारकुण्ड , अग्नि कुण्ड जलासयमा पुगेर पूजापाठ गर्दैछन ।

आस्था र निष्ठाका साथ मनाइने छठ पर्वमा पूजा गर्दा चर्मरोगको नाश हुनुको साथै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । ४ दिनसम्म मनाइने यो पर्वको मंगलबार तेस्रो दिन अस्ताउँदो सूर्यलाइ अर्घ दिइन्छ । बुधबार उदाउँदो सूर्यलाई केरा, ठकुवा, भुसवा, मिठाई , फलफूल चढाएपछी छठ पर्व सकिन्छ ।


प्रकाशित समय १६:१९ बजे

















