गृहपृष्ठ आचरणविपरीत काम गर्ने डीएसपी प्रदेश कार्यालय तानिए

आचरणविपरीत काम गर्ने डीएसपी प्रदेश कार्यालय तानिए

#Nepal_Police #नेपाल_प्रहरी

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराई लाई प्रदेश नं ५ प्रहरी कार्यालय,  तुलसीपुर तानिएको छ । डीएसपी भट्टराईले प्रहरी आचरण विपरीतको काम गरेकाले प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका एसएसपी राजकुमार बैदवारले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलगायत काममा गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह नगरेको एवं प्रदेश तथा जिल्ला प्रहरी कार्यालयले कार्यशैली सच्याउन पटक-पटक निर्देशन दिए पनि नसुधारेपछि बुधबार उनलाई प्रदेश प्रहरी कार्यालय तानिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

स्थानीयस्तरमा समेत डीएसपी भट्टराईका विषयमा धेरै जनगुनासा आएको तथा प्रहरीको आचरण र निर्देशनभन्दा फरक काम गरेको उजूरी दैनिक रुपमा पर्न थालेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खडक खत्रीले भट्टराईबारे विभिन्न गुनासा आएपछि प्रदेश प्रहरी कार्यालयले तानेको जानकारी दिए ।

प्रकाशित समय १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु