गृहपृष्ठ भदौभरमा प्रादेशिक टेलिभिजनको अनुमति : मन्त्री केसी

भदौभरमा प्रादेशिक टेलिभिजनको अनुमति : मन्त्री केसी

samman-minister-newskarobar

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले भदौभरमा प्रदेश सरकारले टेलिभिजन सञ्चालन अनुमति प्रदान गर्ने बताएका छन् । मिडिया हबको रुपमा रुपन्देहीलाई विकास गर्न प्रदेश सरकार लागिपरेको उनको भनाइ छ ।

सरकार र मिडियाले साझा मिसन बनाएर अघि बढ्नुपर्ने भन्दै बुटवलमा आयोजित कार्यक्रममा उनले समयमै आमसञ्चार ऐन निर्माण गरी मिडियालाई नियमन गरिने जानकारी दिए । पत्रकार महासंघ प्रदेश ५ का नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री केसीले केही मिडियाले अप्रासंगिक विषयलाई बढी स्थान दिएको आरोप लगाए । पत्रकारितालाई आकर्षक क्षेत्रको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

पूर्वसभासद एवं पत्रकार महासंघका केन्द्रीय सदस्य विनोद पहाडीले प्रदेश सरकारले पत्रकारका लागि अध्ययन अनुसन्धान केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्नुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष मौसम रोकाले श्रमजीवी पत्रकार ऐन लागू गर्न÷गराउन लागिपर्ने बताए ।

प्रकाशित समय १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु