गृहपृष्ठ एेलानी जग्गामा घर निर्माण रोक्न उच्च अदालतको आदेश

एेलानी जग्गामा घर निर्माण रोक्न उच्च अदालतको आदेश

बाँकेको डुन्डुवा गाउँपालिका–२ जाफरपूर्वामा सार्वजनिक ऐलानी जग्गामा थालेको घर निमार्ण तत्काल रोक्न अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

कित्ता नम्बर ५०५ को १५ बिघा ऐलानी सरकारी जग्गा स्थानीयवासी युनुस खाँ र जहिरुद्दिन खाँले कब्जा गरेपछि उच्च अदालतमा मुद्दा परेको थियो । स्थानीयवासी मोहम्मद हुसेन खाँ, मोहम्मद अजमल खाँ र तेजराम कुर्मीले उच्च अदालत नेपालगञ्जमा रिट दयार गरेका थिए ।

उच्च अदालत नेपालगञ्जका न्यायधीश खुशीप्रसाद थारुको एकल इजलासले सो जग्गामा कुनै किसिमको अवैध निमार्ण कार्य नगर्न, नगराउन र जग्गा अतिक्रमण नगर्न अन्तरिम आदेश दिएको हो ।

जग्गा कब्जा हटाउन प्रहरी प्रशासनले चासो नदिएपछि अदालत धाउनु परेको निवेदक हुसेनले बताए । डुन्डुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रहरी प्रशासनको सहयोगमा अदालतको आदेश तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
रासस

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु