गृहपृष्ठ प्रहरी निरीक्षकमाथि हत्याका अभियुक्त भगाएको आरोप
प्रहरी निरीक्षकमाथि हत्याका अभियुक्त भगाएको आरोप
इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक सन्तोष निरौलालाई हत्यारा भगाएको आरोप लागेको छ ।
विराटनगर १७ का खलिल मियाँका परिवारले रानीका पहरी निरीक्षक निरौलाले आफ्ना छोराका हत्यामा पहिचान भएका मुख्य अभियुक्तलाई थुनुवा कोठाबाटै भगाएको आरोप लगाएका हुन् । गत असोज १ गते विराटनगर १७ का असफाक आलमको उनकै छिमेकी मोहम्मद सद्धिम हुसेन र मोहम्मद आरिफ आलमले अपहरणपछि हत्या गरेको प्रहरी अनुशन्धानमा खुलेको थियो ।
२ सातापछि हत्यामा संग्लन दुई अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय रानी थानाको हिरासतमा राखिएको थियो तर प्रहरी हिरासतबाटै प्रहरीले आफ्ना छोराको हत्यामा संग्लन दुई अभियुक्तलाई भगाएको मृतकका बुबा खलिल मियाँले दाबी गरेका छन् ।
अभियुक्तहरु गत कातिक ८ गते बिहीबार मध्यराति थुनुवा कोठाको सानो झ्यालको रड काटेर भागेका थिए । यता इलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले पिडीत पक्षको आरोपको खण्डन गरेका छन् ।
उनले भने, ‘छानबिन समिती बनिसकेको छ, संग्नलता भएको प्रमाण फेला परे कारबाही भोग्न तयार छु ।’
प्रकाशित समय ११:४७ बजे

















