गृहपृष्ठ चितुवाको अाक्रमणबाट बालकको मृत्यु
चितुवाको अाक्रमणबाट बालकको मृत्यु
अर्घाखाँचीस्थित भूमिकास्थान नगरपालिकामा चितुवाकाे अाक्रमणबाट एक जना बालककाे मृत्यु भएकाे छ । नगरपालिका-९ स्थित ढिकुराका अन्दाजी ४ वर्षिया बालककाे चितुवाको अाक्रमणबाट मृत्यु भएको हाे ।
शनिबार बेलुका करिब पाैने ६ बजेकाे समयमा चितुवाको अाक्रमणमा परी मदन घिमिरेका छोरा अार्यन घिमिरेकाे मृत्यु भएको हो । घरको अागमा खेलीरहेकाे अवस्थामा उनलार्इ चितुवाले अाक्रमण गरेको थियो
अाक्रमणबाट घाइते भएका अार्यनको उपचारका क्रममा जिल्ला अस्पताल सन्धीखर्कमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए ।
प्रकाशित समय १८:३६ बजे

















