गृहपृष्ठ बुटवल पुगेर प्रचण्डले भने- नेपालको परिभाषा फेरियो
बुटवल पुगेर प्रचण्डले भने- नेपालको परिभाषा फेरियो
फाइल तस्बिर
नेपाल कम्युस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको परिभाषा फेरिएको बताएका छन् । शनिबार नेकपाले बुटवलमा आयोजित शुभकामना सभामा प्रचण्डले आफू नेपालको परिभाषा बदल्न सफल भएको बताए ।
‘विगत लामो समयदेखि नेपाल ल्यान्डलक कन्ट्रीका रुपमा परिचित थियो,’ बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘नेपाल अब ल्यन्डलक बाट ल्यान्डलिंक कन्ट्रीमा परिणत भएको छ ।’ विगत लामो समयदेखि नेपाल भूपरिवेष्ठित राष्ट्रको रुपमा परिभाषित नेपाललाई भूसंयोजक राष्ट्रको रुपमा चिनाउन आफूहरु सफल भएको उनको भनाई थियो ।
अहिले विभिन्न चरणबाट पारवाहनलगायतका सन्धीगरेर नेपाल ल्यान्डलकबाट ल्यान्डलिंकमा परिणत भएको उल्लेख गरे । प्रचण्डले अब नेपाल भूपरिवेष्ठित देशको रुपमा नखुम्चेको उल्लेख गरे ।

दुई पार्टीबीच एकतापश्चात आफूहरु विश्वमा नै नयाँ सन्देश दिन सफल भएको उनले दावी गरे । पार्टी एकताले लामो समयदेखिको राजनीतिक अस्थिरतालाई रोक्न आफूहरु सफल भएको उनको भनाई थियो । पार्टी एकतालाई प्रचण्डले ‘महान् संयोग’ र लामो समयदेखिको कसरतको उपलब्धीको रुपमा व्याख्या गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अब राजनीतिक अस्थिरता समाप्त भएको दावी गर्दै विकासको लागि पूर्वाधार तायर गर्ने युगमा प्रवेश गरको बताए । उनले विकास, समृद्धि, आर्थिक वृद्धि लगायतका पूर्वाधार विकासमा सरकार केन्द्रित हुने बताए ।
अबको १० बर्षमा एसियाकै राम्रो देशको सूचीमा पुर्याउने गरी सरकारले काम गरेको भन्दै ५ बर्षमा न्युनतम आधारभूत आवश्यकता परिपूर्ति भएको देशको रुपमा विकास हुने दावी गरे । १० वर्षमा एसियाकै गन्ने मान्य मुलुकको सूचीमा नेपाललाई पुयाएरै छाड्ने उनको दृढता थियो । उनले भने, ‘जुन कार्य कम्युनिस्ट सरकराले मात्रै गर्न सक्छ ।’
पार्टी एकता स्थानीय तहसम्म पुग्न केही विलम्ब भएको स्वीकार गर्दै उनले विवादका कारण विलम्ब नभएको जिकिर गरे ।
अब स्थानीय तहसम्म नै एकता प्रक्रिया अगाडि बढ्ने बताएका उनले अब १ नम्बरको गियरमा नचल्ने बताए । नेपालका कम्युनिस्ट पार्टीको युग प्रभारम्भ भएको भन्दै उनले जहिले पनि पार्टी २÷३ गियरको स्पिडमा अघि बढ्ने दावि गरे ।
मुलुक समृद्धिको दिशामा : पौडेल
कार्यक्रममा नेकपाका महासचिव विष्णु पैडेलले समृद्धि हासिल गर्ने अभियानमा पार्टी र सरकार लागेको बताए । जनताकोविरुद्धमा षडयन्त्र भइरहेको बेलामा दुई तिहाई बहुमतले विशाल सन्देश पैदा गरेको बताए ।
जनताको विश्वास जितेर आफूहरुले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गरेको पौडेलको भनाई थियो । पार्टी एकता सामान्य कार्य नभएको उल्लेख गर्दै आफूहरुले त्यसलाई पूरा गरेको पौडेलको भनाई थियो ।
कार्यकमा नेकपा प्रदेश ५ का संयोजक तथा मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनाउने अभियान बुटवलबाटलबाट सुरु भएको बताए ।
प्रकाशित समय १८:२१ बजे
















