गृहपृष्ठ रोलरमा च्यापिएर सडक निर्माणमा संलग्न सुपरभाइजरको मृत्यु

रोलरमा च्यापिएर सडक निर्माणमा संलग्न सुपरभाइजरको मृत्यु

accident_newskarobar

व्यापारिक मार्ग बिस्तार आयोजना बेलहिया बुटवलको निर्माणमा सम्लग्न एक प्राविधिकको केहिबेर अघि भएको दुर्घटनामा परी मृत्यु भएको छ ।

उक्त आयोजनाका ठेकेदार कम्पनी टेलिकम इन्डिया लिमिटेडमा सुपरभाइजर पदमा कार्यरत पाल्पाका प्रविण पाण्डेको दुर्घटनामा परी मृत्यु भएको हो ।

उक्त कम्पनीमा कार्यरत पाण्डे करिब सवा ६ बजे तिलोत्तमा नगरपालिका मणिग्राम नजिकै सडकमा लगाइरहेको रोलरमा च्यापिएका थिए । बेलवास बेथरी सडक आयोजनाको निर्माण कम्पनीमा सुपरभाइजर पदमा कार्यरत पाण्डे करिब २ महिना अघि व्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया बुटवलमा आएका थिए ।

आयोजनाका इन्जिनीयर महेश्वर लम्सालले उक्त घटनाको पुष्टि गर्दै साँझको बेला रोलर अगाडि पुगेका पाण्डेलाई चालकले नदेखेका कारण दुर्घटना भएको हुन सक्ने बताए ।

प्रकाशित समय २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु