गृहपृष्ठ जिएमआरसँगको सम्झौता खारेजीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन
जिएमआरसँगको सम्झौता खारेजीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन
माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान समितीले शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई माथिल्लो कर्णाली परियोजनामा जिएमआरसँगको सम्झौता खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
समितीले माथिल्लो कर्णाली जलबिद्युत परियोजनाको म्याद थप होइन, अब ढिला नगरी तत्काल जीएमआरसँग गरिएको राष्ट्र अहितको परियोजना विकास सम्झौता खारेज गर्न भनेको छ । सम्झौता खारेजीका लागि कर्णाली प्रदेश सरकारले संघीय सरकारसँग आग्रह गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझउदै अभियानका अध्यक्ष भरतबहादुर शाहीले पब्लिक–प्राइभेट–कोअरेपटिभ पार्टनरसिप मोडेलमा पूर्ण क्षमता ४ हजार १ सय ८० मेगावाटको परियोजना निर्माणका लागि कर्णाली प्रदेश सरकारले संघीय सरकार समक्ष पहल गर्नु पर्ने बताए ।
प्रकाशित समय २०:२६ बजे
















