गृहपृष्ठ बारा र पर्साका लागि कर्णालीमा रगत संकलन

बारा र पर्साका लागि कर्णालीमा रगत संकलन

आईतबार साँझ प्रदेश नं २ को बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी घाइते भएकाहरुका लागि कर्णाली प्रदेशमा रगत संकलन गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कर्णाली ईन्जिनियरिङ समाज सुर्खेत र तराई ईन्जिनियरिङ समाजले संयुक्र रुपमा कार्यक्रमको आयोजना गरी रगत संकलन गरेका हुन् ।

कार्यक्रममा ४६ विद्यार्थी, शिक्षक तथा नेताहरुले ४६ पोईन्ट रगत दान गरेको कर्णाली ईन्जिनियरिङ्ग समाज सुर्खेतका सल्लाहकार रतनकुमार शर्माले जानकारी दिए । रक्तदान कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी तथा स्वास्थ्य विकास निर्देशनालय प्राविधीक जनशक्ति सहयोग गरेको थियो ।

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु