गृहपृष्ठ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर तह सञ्चालनको अनुमति
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर तह सञ्चालनको अनुमति
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तह सञ्चालनको अनुमति पाएको छ । जुम्लास्थित प्रतिष्ठानमा अब एमडीजीपी, एनेस्थेसियोलोजी, पिडियट्रिक अध्यापन हुनेछ ।
गत मंगलबारदेखि अनुमति प्राप्त भएको प्रतिष्ठान अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए । उनका अनुसार यो वर्षका लागि एमडीजीपीमा ३, एनेस्थेसियोलोजीतर्फ र पिडियट्रिकतर्फ १/१ गरी पाँचवटा कोटा निर्धारण भएको छ ।
अर्को वर्षदेखि कम्तिमा ८ वटा विषयमा अध्यापन गर्नेगरी आफूहरू तयारीमा लागेको निर्देशक रावलले बताए । यसअघि प्रतिष्ठानमा स्नातक तहका केही विषयमा भने अध्यापन भइरहेको छ ।
२०६८ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन बनेर जुम्लामा प्रतिष्ठान स्थापना भएको थियो ।
प्रकाशित समय १४:४१ बजे

















