गृहपृष्ठ काेमामा गएकाे भनिएका उत्तर कोरियाली नेता किम पार्टी बैठकमा सहभागी
काेमामा गएकाे भनिएका उत्तर कोरियाली नेता किम पार्टी बैठकमा सहभागी
फाइल तस्बिर ।
गम्भीर बिरामी परेर कोमामा गएको दाबी सहितका समाचारहरू सार्वजनिक भइरहेका बेला उत्तर कोरियाका नेता किम जोङ उन पार्टीको बैठकमा सहभागी भएका छन् । दक्षिण कोरियाली एक पूर्व कुटनीतिज्ञको दाबीका आधारमा केही सञ्चार माध्यमले नेता किम बिरामी परेको समाचार बाहिर ल्याएका थिए ।
समाचारमा नेता किमकी बहिनी किम यो जोङले सत्ता सम्हाल्ने तयारी भइरहेकाे दाबीसमेत गरिएको थियो । पार्टीको बैठकमा सहभागी भएका नेता किमले उत्तर कोरियाका अधिकारीहरुलाई देशमा कोरोनाभाइरसको महामारीबाट हुनसक्ने सम्भावित जोखिमका लागि तयारी रहन निर्देशन दिएका छन् । उत्तर कोरियामा अहिलेसम्म कोरोना संक्रमणमुक्त रहेको बताएको छ ।
नेता किमले कोरोनाभाइरसको संक्रमण फैलिन सक्नेतर्फ सचेत गराएका हुन् । यस्तै समुद्री तुफानका कारण पनि जनजीवनमा समस्या हुनसक्ने भन्दै उनले सरकारी अधिकारीहरूलाई सचेत गराएका छन् ।
दक्षिण कोरियाका पूर्वकूटनीतिज्ञ चाङ सोङ मिनले किम जोङ कोमामा रहेको र उनको जीवन अन्त्य भने नरहेको बताएका थिए । यसअघि नेता किमको मृत्यु नै भइसकेको समाचारहरू समेत सार्वजनिक भएका थिए ।
प्रकाशित समय १५:०५ बजे

















