गृहपृष्ठ कर्णालीका हिमाली जिल्लामा चार फिटसम्म हिउँ (फोटो फिचर)

कर्णालीका हिमाली जिल्लामा चार फिटसम्म हिउँ (फोटो फिचर)

कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । केही जिल्लामा सोमबार हिमपात भएको थियो भने मंगलबार पनि केही जिल्लाका बासिन्दा हिमपातका कारण प्रभावित भएका छन् । कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा हिमपात भएको हो ।

हिमपातका कारण जनजीवन प्रभाबित भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव निरीक्षक नविन श्रेष्ठले जानकारी दिए । ‘सोमबारदेखि हुम्लाको सदरमुकाम सिमीकोटमा परेको हिउँ करिब २ फिट जमेको छ भने सदरमुकामबाट अझै उच्च भेगमा करिब ३ देखि ४ फिटसम्म जमेको छ ।’

हुम्लामा यो वर्षकै सबैभन्दा बढी हिमपात भएको उनले बताए । अत्यधिक हिउँ जमेका कारण कार्यालयको कामसमेत प्रभाबित भएको डिएसपी श्रेष्ठले बताए । अहिलेसम्म पनि हिमपात भईरहेको र मौसम सफा नभएको कारण अझै केही दिन हिमपात हुनसक्ने बताइएको छ ।

 

प्रकाशित समय १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु