गृहपृष्ठ कामना सेवा विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच सम्झौता

कामना सेवा विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच सम्झौता

कामना सेवा विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयमार्फत गुराँस लाइफको वार्षिक नगदफिर्ता जीवनबिमासम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरे । योजनामा सावाधिक, आजीवन र पेन्सन जीवन बिमा योजनासहित १२ वटा जीवन बिमा योजना बिक्री गर्ने तथा बीमीतलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाबीच बैंकास्योरेन्स सम्झौता हो ।

कामना सेवा विकास बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट यस मकम्पनीको जीवन बिमासम्बन्धि सम्पूर्ण सेवा सहज रुपमा पाउने छन् ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु