गृहपृष्ठ कञ्चनपुरे बालिकाले प्रधानमन्त्रीलाई पठाए हृदयविदारक पत्र

कञ्चनपुरे बालिकाले प्रधानमन्त्रीलाई पठाए हृदयविदारक पत्र

कञ्चनपुर भीमदत्त नगरपालिकाका छात्राहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै आफ्नी साथी निर्मला पन्तको दोषी कहिले पक्राउ पर्छन् भनी प्रश्न गरेका छन् । निर्मलाका हत्यारा पत्ता नलाग्दा आफूहरु थप त्रसिद भएको उनीहरुले लेखेका छन् । निर्मलालाई न्याय दिलाएर आफूहरुलाई पनि सुरक्षित महशुस हुने वातावरण मिलाइदिन उनीहरुले प्रधानमन्त्री ओलीसँग आग्रह पनि गरेका छन् ।

निर्मलाका साथीहरु जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । साथीको हत्या भएको ३७ दिन बितिसक्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै उनीहरुले आफ्नो साथीका हत्याराबारे प्रधानमन्त्रीलाई सोधेका छन् ।

कक्षा १ देखि एकसाथ अध्ययन गर्दै आएका ४ जना सहपाठीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्र राजधानी पठाइएको छ।

प्रकाशित समय ०७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु