गृहपृष्ठ निर्मला हत्या प्रकरण : डिएनएबारे बोल्यो प्रहरी
निर्मला हत्या प्रकरण : डिएनएबारे बोल्यो प्रहरी
निर्मला हत्या प्रकरणलाई लिएर निलम्बित एसपीसहित तीन जनाको डिएनए परीक्षणबारे आएको विवादमा प्रहरीले स्पष्टिकरण दिएको छ । प्रहरीले २ ठाउँमा डिएनए टेस्ट गरिएको स्पष्ट पारेको छ ।
घटनाको छानबिन गर्ने क्रममा निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र स्थानीय आयुष विष्टको डिएनए टेस्ट गरिएको थियो । उनीहरुको डिएनए परीक्षण प्रहरी केन्दीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरी दुई ठाउँमा गरिएको प्रहरी प्रवक्ता शैलेश थापाले विज्ञप्ती निकालेर बताएका छन् ।
तीनै जनाको डिएनए रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरूलाई सफाइ दिइएको छ । डिएनए प्रहरीकै प्रयोगशालामा गराइएको भन्दै विरोध भए पछि दुई ठाउँमा डिएनए टेस्ट गरिएको भन्दै प्रहरीले स्पष्टिकरण दिएको हो । तीनै जनाको डिएनए रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरूलाई सफाइ दिइएको छ ।
प्रकाशित समय १८:११ बजे

















