गृहपृष्ठ मानिसको गला र नाकभित्र जुका टाँसिएपछि
मानिसको गला र नाकभित्र जुका टाँसिएपछि
चीनको फुजिआन प्रान्तमा एउटा मानिस दुई महिनासम्मको निरन्तर खोकीले पीडित भयो । उसले मौसमले गर्दा खोकी निरन्तर लागेको अनुमान गर्यो । मौसम परिवर्तन हुँदा र उसले अनेक प्रयास गर्दा पनि खेकी निको नभएपछि आखिरमा ऊ वुपिङ काउन्टी अस्पताल गयो । उसले चिकित्सकलाई खोक्दा रगत समेत निस्कने गरेको बतायो । डाक्टरले उसको राम्ररी परीक्षण गरे । अस्पतालमा उसको सिटी स्क्यान गरियो । सिटी स्क्यानबाट उसको वास्तविक समस्या पत्ता लागेन अनि चिकित्सकले ब्रन्कोस्कोपी गराए ।
यस परीक्षणमा उसको शरीरभित्र दुटा जुका टाँसिएको अवस्थामा देखिए । एउटा जुका दाहिने नाकपट्टि र अर्को ग्लोटिसको तल टाँसिएको थियो । चिकित्सकले जुका निकालिदिए । ‘डेली मेल’ का अनुसार ती जुकाको लम्बाइ ३ सेन्टिमिटर जति थियो । जुका पानीको माध्यमबाट शरीरभित्र प्रवेश गर्ने चिकित्सकले बताए । आँखाले देख्न नसकिने जुका पानीमार्फत मानिसको शरीरमा प्रवेश गर्ने चिकित्सकको भनाइ छ ।
रेस्पिरेट्री विभागका चिकित्सक रव गुआङयोङले उक्त मानिसले पानी पिउँदा सूक्ष्म जुका उसको शरीरभित्र पसेको हुन सक्ने बताए । नाक र घाँटीमा टाँसिएर रगत चुस्न थालेपछि जुका शीघ्र बढ्न थाल्यो । चिकित्सकहरूले बिरामीलाई एनेस्थिसिया दिएर जुका निकालेका थिए । उसको अवस्थामा सन्तेषजनक सुधार आएको छ ।
प्रकाशित समय १०:५२ बजे

















