गृहपृष्ठ सागको उद्घाटन र समापनको दिन यातायातमा जोर–विजोर प्रणाली

सागको उद्घाटन र समापनको दिन यातायातमा जोर–विजोर प्रणाली

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापनको दिनमा उपत्यकाको यातायातमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा सूचना जारी गर्दै खेल उद्घाटनको दिन मंसिर १५ गते विजोर नम्बर प्लेटका र समापन मंसिर २४ गते जोर नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न पाउने बताएको छ ।

दशरथ रंगशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न, पुराना सवारीसाधन नचलाउन, तोकिएको ठाउँमा पार्किङ गर्न, ट्राफिकसम्बन्धी समस्या भएमा प्रहरीको हटलाइन नं १०३ मा सम्पर्क गर्न र ट्राफिक नियम पालना गर्न सूचनामार्फत सर्वसाधारणलाई अपिल गरेको छ ।

प्रकाशित समय १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु