गृहपृष्ठ भारतको कोभिड अस्पतालको भेन्टिलेटरमा आगलागी
भारतको कोभिड अस्पतालको भेन्टिलेटरमा आगलागी
भारतको वडोदरामा रहेको एसएसजी अस्पतालको भेन्टिलेटरमा आगलागी भएको छ । मंगलबार साति १० बजेतिर भेन्टिलेटरमा आगलागी भएको हो ।
अस्पतालमा रहेको कोभिड–१९ वार्डको भेन्टिलेटरमा आगो लागेपछि अशक्त भएर शय्यामा लडिरहेका रोगीहरू ज्यान बचाउन हतारहतार उठेर भागेका थिए । अस्पतालका कर्मचारीले पनि शय्यामा रहेका बिरामीलाई उठाएर लगेका थिए ।
सुरुमा धुँवाको मुस्लोमात्र निस्किएको र धुवाँले कोठा भरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगोले भेन्टिलेटरका उपकरणमा खराबी आए पनि मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।
प्रकाशित समय १६:५७ बजे

















