गृहपृष्ठ काठमाडाैं उपत्यकामा संक्रमणदर उस्तै, २४ घण्टामै थपिए ६९६ संक्रमित
काठमाडाैं उपत्यकामा संक्रमणदर उस्तै, २४ घण्टामै थपिए ६९६ संक्रमित
फाइल तस्बिर ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन । हरेक दिन औसत पाँच सयका दरले संक्रमित थपिने क्रम जारी छ । आज ६ सय ९६ संक्रमित थपिएका छन् । यो संख्या उपत्यकामा एकैदिन थपिएको संख्यामध्ये अहिलेसम्मकै उच्च हो ।
शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका मात्र ६ सय २० रहेका छन् । त्यस्तै भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टाभित्र देशभर १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गर्दा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।
यस्तै बितेको २४ घण्टामा ९७२ जना निको भएका छन् भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । देशभर क्वारेन्टाइनमा बस्नेहरूको संख्या ६ हजार ७८ छ । यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।
प्रकाशित समय १६:५० बजे

















