गृहपृष्ठ क्यानडामा १० वर्षपछि फुल्यो एउटा फूल
क्यानडामा १० वर्षपछि फुल्यो एउटा फूल
क्यानडाको एउटा चिडियाखानामा १० वर्षपछि फुलेको फूल हेर्न मानिसको भीड लागेको छ । इन्डोनेसियाको सुमात्रा टापुमा मात्र पाइने अत्यन्तै दुर्लभ फूल एमोर्फोफेलस टाइटेनम हेर्न मानिसको भीड लागेको हो ।
हल्का रातो रंगको फुल्ने फूल आठदेखि १० मिटर अग्लो छ । फूलबाट काँचो मासुको जस्तो गन्ध आउँछ । आठदेखि ३६ घन्टासम्म मात्र फुल्ने यो फूलले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ ।
(एजेन्सी)
प्रकाशित समय १९:१६ बजे

















