गृहपृष्ठ तनावमा तापसी, बेल्टले पिट्ने धम्की !
तनावमा तापसी, बेल्टले पिट्ने धम्की !
तापसी पन्नू आफ्नो फिल्म मनमर्जियांको सीनलाई लिएर विवादमा तानिएकी छन् । सिख समुदायको आपत्तिपछि उनको यो फिल्मका केही सीन हटाइएको छ । यसबाट निराश बनेकी तापसीले ट्वीटरमार्फत रोष प्रकट गरेकी छन् ।
उनले गुरुद्वारहरुको बाहिर फुल ड्रग टेस्ट गर्न माग गरेकी छन् । एउटा ट्रोलले तापसीद्वारा अभिनित फिल्मको सीनबारे लेखेको छ, ‘हो मलाई विश्वास छ कि रक्सी पिउन पनि निषेध छ । तर, फेरि स्मोकिङ एउटा यस्तो चिज हो जो तपाईंले कहिले कुनै पनि सिखले गर्दै गरेको देख्नुभएको छैन होला ।’
यसको जवाफमा तापसीले लेखेकी छन्, ‘म ढुक्क छु कि वाहेगुरुले रक्सी पिउने अनुमति दिएका होलान् तर स्मोकिङ गर्नका लागि होइन । नत्र यति समझदार, पवित्र र धार्मिक मानिसहरु विरोध किन गरिरहेका छन् ?’ अर्को पनि एउटा ट्रोललाई जवाफ दिँदैँ तपासीले गुरुद्वारहरुको बाहिर फुल ड्रग टेस्ट गर्न माग गरेकी छन् ।
यी सबै घटनापछि तापसीलाई ट्रोल बनाउन थालिएको छ । उनलाई कतिपयले धम्काउन थालेका छन् । एक ट्रोलले उनलाई बेल्टले पिट्ने धम्की दिएको छ । यी आपत्तिजनक ट्वीटपछि अर्जुन कपूर र विकी कौशल तापसीको बचाउमा उत्रिएका छन् । विकी कौशलले ट्वीट गरेका छन्, ‘धर्मको सम्मान गर्न जान्दछौ होला तर आफ्नी छोरीहरुको होइन । तिमिहरुले यस्तो कुरा गरेर आफ्ना गुरुहरुको निकै मान राख्यौ ।’
फिल्मका केही सीनमा सिख समुदायले आपत्ति जनाएपछि निर्माताहरुले १ मिनेट ४१ सकेन्डको भिजुअल डिलिट गरेका छन् । यसअघि निर्माता अनुराग कश्यपले सामाजिक सञ्जालमा फिल्मका कारण कसैको भावनामा ठेस पुगेको भए माफी चाहान्छु भनेर लेखेका थिए ।
प्रकाशित समय १९:१४ बजे


















