गृहपृष्ठ उपसभामुख शिवमाया भन्छिन्– मिनी संसदमा ६० प्रतिशत महिला नेतृत्व सुखद्
उपसभामुख शिवमाया भन्छिन्– मिनी संसदमा ६० प्रतिशत महिला नेतृत्व सुखद्
उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाका समितिहरुमा ६० प्रतिशत महिलाले नेतृत्व गर्ने अवसर पाउनु सुखद भएको बताएकी छन् । काठमाडौंमा दुई दिनसम्म चलेको महिला कानुन व्यवसायीहरुको २७औं सम्मेलनको अन्तिम दिन शनिबार उपसभामुख डा. तुम्बाहाङ्फेले राज्यका हरेक निकाय अब समावेशीकरणतर्फ उन्मुख भएको बताइन् । ‘लैंगिक प्रतिनधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला आन्दोलनको उद्देश्य थियो,’ उनले भनिन्, ‘विस्तारै व्यवहारमा लागू हुँदै जानु खुसीको कुरा हो ।’
प्रतिनिधिसभाका १० मध्ये ६ वटा समितिमा महिला सांसदहरुले नेतृत्व गरेका छन् भने राष्ट्रिय सभाका ४ मध्ये दुई र २ संयुक्त समितिमध्ये एकमा महिला सांसदले नेतृत्व गरेका छन् ।
प्रकाशित समय १९:२५ बजे
















