गृहपृष्ठ सर्लाहीमा गोली हानी एक जनाको हत्या
सर्लाहीमा गोली हानी एक जनाको हत्या
सर्लाहीको मलंगवामा शनिबार राति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । गोली प्रहारबाट मलंगवा नगरपालिका–२ का ३२ वर्षीय मनोज कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमै आराम गरिरहेका यादवलाई राति ९ बजे तिर कसैले फोन गरेर बोलाएको र गोली प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । यादवको शरीरमा पाँच गोली लागेको छ । अबेरसम्म घर नफर्केपछि बिहान खोजी गर्दा मलंगवा आँखा अस्पताल अगाडि उनको शव फेला परेको थियो ।
ठेक्कापट्टाको काम गर्ने यादवलाई आपसी विवादमा गोली हानेर हत्या गरेको हुन सक्ने र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रकाशित समय १०:५६ बजे

















