गृहपृष्ठ फेवातालमा एक युवतीको शव भेटियो

फेवातालमा एक युवतीको शव भेटियो

mritu_newskarobar

पोखराको फेवातालमा एक युवतीको शव भेटिएको छ । पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा एक युवतीको शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।
कास्कीको अन्नपुर्ण गाँउपालिका २ स्थित ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अबस्थामा प्रहरीले उनको शव भेटेको हो ।

नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आइतबार विहानै क्याम्पस जानको लागि घरबाट हिडेकी उनको फेवाताल किनारा देखि करिब ५ मिटर नजिक तालमै तैरिएको अबस्थामा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख कोमल शाहले बताए ।

उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमको शव गृहमा पोष्माटमको लागि राखिएको प्रहरी हवल्दार सुजन घिमिरेले बताए । गौरीघाटमा एउटा स्कुटर समेत भेटिएकोले अधिकारीको साथमा रहेको चावी उक्त स्कुटरकै भएको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु