गृहपृष्ठ भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा कार्यालयमा, अन्त्येष्टि आजै

भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा कार्यालयमा, अन्त्येष्टि आजै

शनिबार राति निधन भएका पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।

अधिकारीको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका छन् । मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्षसमेत रहेका अधिकारीको ८२ वर्षको उमेरमा शनिबार उपचारकै क्रममा निधन भएको थियो ।

स्वर्गीय अधिकारीको अन्त्यष्टि आजै गरिने पारिवारिक स्रोतले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नेता अधिकारीको निधनमा आज देशभर रहेका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

प्रकाशित समय १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु