गृहपृष्ठ टीकापुर हत्याकाण्ड : सांसद चौधरीसहित ११ लाई जन्मकैद

टीकापुर हत्याकाण्ड : सांसद चौधरीसहित ११ लाई जन्मकैद

kailali_court

जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशमलाल चौधरिसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधबार उक्त मुद्दाको फैसला गर्दै सांसद चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

२०७२ भदौ ७ गते टीकापुरमा ८ जना सुरक्षाकर्मीसहित ९ जनाको ज्यान गएको घटनामा जिल्ला अदालत कैलालीले सांसद चौधरीलाई दोशी ठहर गरेको हो ।

उक्त मुद्दाको पुर्पक्षका लागि जेलमा रहेका चौधरीले जेलमै रहँदा प्रतिनिधिसभाको सांसदको सपथ लिएका थिए । सांसदको सपथ लिए पनि उनलाई पुनः जेलमै राखिएको छ । चौधरी २०७४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कैलाली- १ बाट सांसद निर्वाचित भएका थिए ।

उनी फरार रेहकै अवस्थामा सांसद निर्वाचित भए पनि लामो समयसम्म सपथग्रहण गर्न पाएका थिएनन् ।

रेशमसँगै जन्मकैदको फैसला सुनाइएका हरूः

हरिनारायण चौधरी
राजकुमार कठरिया
सुन्दरलाल कठरिया
बृजमोहन कठरिया
राजेश चौधरी
विरबहादुर चौधरी
प्रदीप चौधरी
सिराताम चौधरी
गंगाराम चौधरी
श्रवण चौधरी

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु