गृहपृष्ठ विदेश नीतिमा नेपाल सचेत हुनु आवश्यक छ : भट्टराई

विदेश नीतिमा नेपाल सचेत हुनु आवश्यक छ : भट्टराई

baburam-newskarobar

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विदेश नीतिमा सचेतताका साथ अघि बढ्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले यस्तो बताएका हुन् ।

डा. भट्टराईले युरोप-अमेरिका र चीनबीच शितयुद्धको गम्भीर अवस्था रहेको समेत उल्लेख गरे । चीनको उदयका कारण पश्चिमा राष्ट्र र चीनबीच शितयुद्धको जोखिम रहेको उनले बताए । ‘राज्य पक्षले के भन्छ भन्ने होइन,’ भट्टराईले बुधबार संसदमा भने, ‘त्यहाँका नीति निर्मात र चिन्तकहरूसँग छलफल गर्दा चीनको जुन ढंगले उदय भइरहेको छ त्यसबाट पश्चिमा तर्सिएको पाइन्छ ।’

प्रकाशित समय १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु