गृहपृष्ठ गण्डकी प्रदेशसभाको बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै स्थगित गरिएको हो । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

प्रदेशसभाको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । उक्त दुर्घटनामा ज्यान गुमाएका व्यक्ति र पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै स्थगित भएको थियो ।

प्रकाशित समय १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु