गृहपृष्ठ हिमपातले अन्नपूर्ण बेस क्याम्पका ४ होटल पुरिए
हिमपातले अन्नपूर्ण बेस क्याम्पका ४ होटल पुरिए
अत्याधिक हिमपातका कारण अन्नपूर्ण बेस क्याम्पमा रहेका ४ वटा होटल पुरिएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित अन्नपूर्ण बेस क्याम्पमा रहेका ४ वटा होटल पुरिएर भत्केको होटल व्यवसायी जौ बहादुर गुरुङले जानकारी दिए । दुई सातादेखिको हिमपातले अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज गार्डेन पुरिएका छन् । होटल भत्किएसँगै क्षतिको आंकलनसमेत गर्न नसकिएको व्यवसायी गुरुङले बताए ।
आधार शिविरमा अत्याधिक हिमपात हुने थालेपछि होटल सञ्चालकहरुले हेलिकोप्टरमार्फत पर्यटकलाई अन्यत्र सारेका थिए । समयमै उद्दार भएकाले मानवीय क्षति भने हुन पाएन ।
अन्नपूर्ण गाँउपालिकाका प्रमुख युवराज कुँवरले अन्नपूर्ण बेस क्याप क्षेत्रमा अत्याधिक हिमपात भएकाले चैत्र १५ अघि पर्यटक घुमघाममा जान सक्ने वातावरण नभएको बताए । उनले भने ‘हाल अन्नपूर्ण बेसक्याम्पमा खान बस्नको कुनै व्यवस्था छैन, बाटोमा करिब १० फिटसम्म बाक्लो हिउँ छ, प्रतिकूल मौसमले गर्दा अन्नपूर्ण बेस क्याम्पका होटलहरु समेत पुरिन थालेका छन् ।’
प्रकाशित समय १०:२० बजे

















