गृहपृष्ठ भारतको कर्नाटकमा पत्रकारहरुको भेला सम्पन्न

भारतको कर्नाटकमा पत्रकारहरुको भेला सम्पन्न

भारतको कर्नाटक राज्यका पत्रकारहरुको भेला सम्पन्न भएको छ । कर्नाटक युनियन अफ वर्किङ जर्नालिस्ट एशोसिएसन (केयुडब्लुजेए) र मैसुर डिस्ट्रिक जर्नालिस्ट एशोसिएसन (एमडीजेए) को संयुक्त आयोजनामा कर्नाटक राज्यको मैसुरस्थित सुतुरश्रीक्षेत्रमा भेला भएको हो ।

२५ सय पत्रकार सहभागी भएको भेलामा नेपाली पत्रकार अशोक सिलवाल विशेष अतिथिका रुपमा सहभागी थिए । राज्यस्तरको पत्रकार भेलालाई कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीले सम्बोधन गरेका थिए । नेपाली पत्रकार तथा लाङटाङ सद्भावना दूत सिलवाल ‘भिडियो जर्नालिजम : न्यु च्यालेन्जेज’ शीर्षकको सेसनमा सहभागी भएर आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रममा पुराना फोटो, पुराना प्रिन्टिङ मेसिन, पुराना रेडियो, पुराना क्यामरा, पुराना टिभीहरु प्रदर्शनीमा राखिएको थियो भने पत्रकारिता र यस क्षेत्रका अनेक विषय र आयामबारे अन्तरक्रिया भएको थियो ।

सन् १९३४ मा स्थापित भएर सुरुदेखि नै पत्रकारको दक्षता अभिवृद्ध, पेशाको संरक्षण र वृत्ति विकासका लागि सक्रिय एमडीजेएमा कर्नाटक राज्यका सबै जिल्ला एशोसिएसन आवद्ध छन् भने एमडीजेए इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे) नयाँ दिल्लीसँग आवद्ध छ ।

प्रकाशित समय ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु