गृहपृष्ठ मुगुमा न्याय नपाएपछि पीडित महिला सुर्खेतमा

मुगुमा न्याय नपाएपछि पीडित महिला सुर्खेतमा

महिला अधिकारकर्मीले प्रहरीले महिलाको मुद्दा हेर्न ढिलाई गर्ने गरेको गुनासो गरेका छन् । बिहीबार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको कार्यक्रममा उनीहरुले प्रहरीले आफ्नो मान्छे नभएसम्म केस हेर्ने नगरेका गुनासो गरे । कार्यक्रममा मुगुकी सीतादेवी बुढाले मुगुमा अधिकारको लडाइ लड्ने कोहि नभएकोले सुर्खेत सम्म आउनुपरेको बताइन् ।

उलने भनिन् ‘म मुगुको मान्छे घरेलुहिंसा सहन नसकेर मर्न हिडेकी थिए । केहि आफन्तको सहयोगमा बाच्न सफल भएकी छु । तर मुगुमा न्याय नपाएपछि सुर्खेत आएकी छु । ’ प्रहरीले समेत आºनो मान्छे नभएको भन्दै केस हेर्न मान्दैनन् । उनले प्रश्न गरिन्, ‘घरेलु हिंसा पीडित महिलाका लागि किन प्रहरी निर्दयी बन्छ ?’

त्यस्तै कार्यक्रममा सहभागी बिष्णा विकले दलित समुदायका महिलालाई समाजले विवेध गरिरहेको बताइन् । उनले भनिन्, ‘अधिकारको लागि आवाज उठाउँदा असुरक्षित हुन्छौ, हाम्रो सुरक्षा कसले दिन्छ ?’  कार्यक्रममा आएका पीडित महिलाले न्याय नपाएको गुनासाे गर्दै  सीप तथा रोजगारको कार्यक्रम दिनुपर्नेमा जोड दिए । कार्यक्रममा अधिवक्ता गिता कोईरालाले महिलाहरुलाई न्याय दिनको लागि आफु निरन्तर लागिरहेको बताइन् ।

उनले जिल्ला अदालत सुर्खेतमा पनि घरेलु हिंसा, सम्बन्ध विच्छेदका मुद्दा बढि आउने गरेको बताइन् । त्यस्तै आवाज संस्था सुर्खेतकी संयोजक पवित्रा शाहिले अधिकारको लागी बोल्दा कुनै असुरक्षा भएमा सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिइन् ।

वीरेन्द्रनगर नगर कार्यपालिका सदस्य यमुना नेपालीले वीरेन्द्रनगर नगरपालिकाले महिलाहरुका लागी थुप्रै कार्यक्रम ल्याएको बताइन् । सामाजिक विकास मन्त्रालय महिला विकास अधिकृत अनिता ज्ञवालीले मन्त्रालयले प्रदेशका महिलाहरुलाई आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याएको बताइन् । उलने भनिन् ‘हामीहरुले यो क्षेत्रका छोरी तथा बुुहारी शिक्षाबाट बञ्चित नहुन् भनेर छोरी बुहारी छात्रवृद्धि कार्यक्रम ल्याएका छौं । कार्यक्रममा विभिन्न महिलअधिकारकर्मी तथा पिडित महिलाहरुको सहभागिता थियो ।

प्रकाशित समय ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु