गृहपृष्ठ प्रधानमन्त्री र सिके राउतले आज एउटै मञ्चबाट सम्बोधन गर्ने

प्रधानमन्त्री र सिके राउतले आज एउटै मञ्चबाट सम्बोधन गर्ने

राउतले पृथकतावादी अभियान परित्याग गर्ने

ck-raut

मुलुक नै टुक्राउने अभिव्यक्ति दिँदै हिड्ने सिके राउतले पृथकतावादी अभियान परित्याग गर्ने बताइएको छ ।

मधेसलाई अलग राज्य बनाउने भन्दै हिडेका राउत मूलधारको राजनीतिमा आउने भएका हुन् । आज दिउँसो १ बजे प्रधानमन्त्री केपी ओलीसहित उपस्थित हुने कार्यक्रममा राउतले मूलधारको राजनीतिमा आउने घोषणा गर्ने बताइएको छ ।
प्रधानमन्त्री ओली र सिके राउतले राष्ट्रिय सभागृहबाट सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले राष्ट्रिय महत्वको कार्यक्रम रहेको र सो सम्बोधन गर्न प्रधानमन्त्री आफै जान लागेको जानकारी दिएका छन् । सल्लाहकार अर्यालले मिडियालाई प्रत्यक्ष प्रशारणका लागि आह्वानसमेत गरेका छन् ।

राउतको विषयमा धारणा बनाउन नेकपा सचिवालय बैठक जारी छ । राउतले मधेश छुट्टै राज्यको अभियान चलाएका थिए भने उनले लडाकु दस्ता समेत तयार पारिरहेका थिए ।

राउत पटक–पटक पक्राउ पर्दै छुट्दै गरेका थिए । अदालतले बिहीबारमात्र उनलाई छाड्न आदेश दिएको थियो ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु