गृहपृष्ठ राष्ट्रियसभा गृहमा सुरक्षा व्यवस्था कडा
राष्ट्रियसभा गृहमा सुरक्षा व्यवस्था कडा
प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेसको अभियान चलाइरहेका डा. सिके राउतले विशेष सम्बोधन गर्ने भएपछि राष्ट्रियसभा गृहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले केही बेरमा राष्ट्रिय सभा गृहमा कार्यक्रम सुरु हुँदैछ ।
कार्यक्रममा पृथकतावादी अभियान सञ्चालन गरिरहेका राउत र सरकारबीच सहमति हुने बताइएको छ । राउतले तराई–मधेश नेपालको भूभाग नरहेको बताउँदै छुट्टै राष्ट्र बनाउनुपर्ने माग सहित अभियान सञ्चालन गर्दै आएका थिए । हिजोमात्रै सर्वोच्च अदालतको आदेशमा राउत रिहा भएका थिए ।
प्रकाशित समय १३:३६ बजे

















