गृहपृष्ठ सिके राउत नेकपा प्रवेश गर्ने कुरा हल्ला मात्र
सिके राउत नेकपा प्रवेश गर्ने कुरा हल्ला मात्र
मूलधारको राजनीतिमा आउन लागेका पृथकतावादी आन्दोलन सञ्चालन गरिरहेका सिके राउत नेकपा प्रवेश नगर्ने भएका छन् । ‘राउत नेकपामा प्रवेश गर्न लागेको हैन, मूलधारको राजनीतिमा आउन लाग्नु भएको हो । ’
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । नेकपा सचिवालयको बैठकपछि श्रेष्ठले सो जानकारी गराएका हुन् । बैठकमा प्रधानमन्त्री केपी ओलीले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई स्वीकार गरी राउत मूलधारको राजनीतिमा आउने जानकारी गराएको समेत श्रेष्ठले बताए ।
अहिले केहिबेरमा प्रधानमन्त्री ओली र राउतले राष्ट्रिय सभागृहमासम्बोधन गर्ने कार्यक्रम छ । अखण्डतालाई स्वीकार गरेर मूलधारको राजनीतिमा राउत आउने कुरा सार्वजनिक भएसँगै नेकपा प्रवेश गर्ने चर्चा पनि चलेको थियो ।
प्रकाशित समय १३:४८ बजे

















