गृहपृष्ठ मनाङको क्याङ्दीमा हिमपहिरो : गाइडको मृत्यु, विदेशी पर्यटक वेपत्ता

मनाङको क्याङ्दीमा हिमपहिरो : गाइडको मृत्यु, विदेशी पर्यटक वेपत्ता

प्रतिकात्मक तस्बिर

मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जना नेपाली गाइडको मृत्यु भएको छ । एक विदेशी पर्यटक वेपत्ता भएका छन् ।

मृत्यु हुनेमा धादिङका ट्रेकिङ गाइड अजय ढकाल छन् । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम वेपत्ता छन् । उनीहरु दुई जना अन्नपूर्ण पदयात्रामा निस्किएका थिए । मनाङको निस्याङ गाउँपालिका– १ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए ।

उनीहरु २३ गते पहिरोमा परेका थिए । त्यसलगत्तै खोजी सुरु गरिएको थियो । ढकालको शव पोष्टमार्टम गरेर शनिबार आफन्तलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ । नेदरल्याण्डका नागरिक भिनसेन्टको खोजी जारी छ ।

प्रकाशित समय ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु