गृहपृष्ठ जनकपुरधामबाट सुन र चाँदीसहित २ जना पक्राउ

जनकपुरधामबाट सुन र चाँदीसहित २ जना पक्राउ

pakrau-arrest-newskarobar

प्रहरीले जनकपुरधामबाट सुन र चादिसहित २ जनालाई पक्राउ गरेको छ । जनकपुरधामबाट भारततर्फ सुन र चादी तस्करी भइ रहेको गोप्य सूचनाको आधारमा आइतबार बेलुका ६ बजे जनकपुर-लोहना सडकखण्डबाट भारतको बिहार प्रान्तको बासोपट्टि निवासी कृष्ण कुमार महतो र रुपेश महतोलाइ पक्राउ गरेको हो ।

BR ३२S४३५७ नम्बरको मोटरसाइकलमा लुकाइ राखिएको दुई थान सुनको बाला तथा २५ किलो चाँदी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख शेखर खनालले जानकारी दिए ।

विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँचक गर्दा मोटरसाइकलको ट्याङ्कीमा इन्धनको साटो प्लास्टिकमा बेरिएको सुनचाँदी राखिएको अवस्थामा फेला पारिएको खनालले बताए ।

बरामद गरिएका सामानहरु भन्सार कार्यालयमा बुझाइने उनले जनाए । खनालले दिएको जानकारी अनुसार बरामद गरिएको सुन-चाँदी २२ लाख १२ हजार ९ सय ५० मूल्य बराबरको रहेको छ ।

सोमबार विहान पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

प्रकाशित समय १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु