गृहपृष्ठ राउतसँग तुलना नगरेको भए हुन्थ्यो, गरेर नि विग्रेको छैन : प्रचण्ड

राउतसँग तुलना नगरेको भए हुन्थ्यो, गरेर नि विग्रेको छैन : प्रचण्ड

prachanda_newskarobar

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई डा. सिके राउतसँग तुलना नगरेको भए हुन्थ्यो जस्तो लागेको बताएका छन् । तर, तुलना गरेर पनि केहि नविग्रिएको उनको भनाइ थियो । शुक्रबार राउसँग सहमतिका लागि भएको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले राउत पनि प्रचण्डजस्तै निर्णय गर्नसक्ने नेता भएको उल्लेख गरेका थिए ।

प्रचण्डले तुलना ठ्याक्कै नमिल्ने उल्लेख गर्दै नभनेको भए पनि हुन्थ्यो भने ।‘मूलधारमा आउने निर्णय गरेको सन्दर्भमा गरेको निर्णयलाई लिएर मतिर हेरेरै भनिहाल्नुभयो । नभनेको भए पनि हुन्थ्यो भन्ने एउटा कुरा भयो,’ प्रचण्डले सोमबार पोखरामा भने, ‘तुलना चाँही ठ्याक्कै भन्ने हुँदैन ।’

त्यस्तै आइतबार राउतका समर्थकले जनकपुरमा गरेका गतिविधिका सम्बन्धमा पनि प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेको जानकारी दिए । ‘प्रधानमन्त्रीसँग यो विषयमा छलफल भएको थियो, के भएको हो जनकपुरमा भनेर ?’ उनले भने । उनले तर, प्रधानमन्त्रीले कुनै द्वीविधा नभएको उल्लेख गरेको उनले बताए । ‘व्यवहारिक रूपले आफ्नो समूहलाई भएको सहमतिबारे बुझाउने समय प्रक्रियाका कारणले त्यस्तो भएको हो,’ प्रचण्डले भने, ‘सरकारलाई कुनै आशंका छैन भनेर प्रधानमन्त्रीले जवाफ दिनु भएको छ ।’

प्रकाशित समय १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु