गृहपृष्ठ आगलागीबाट एकै परिवारका छ जना घाइते
आगलागीबाट एकै परिवारका छ जना घाइते
सांकेतिक तस्बिर
झापाको कचनकवल–२ पाठामारीमा साेमबार साँझ भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छ जना जलेर घाइते भएका छन् ।
घाइते हुनेमा ३० वर्षीया भारतीदेवी यादव, २९ वर्षीया चन्द्रकुमारी यादव, ७ वर्षीय आयुष यादव, ८ वर्षीया नियाकुमारी यादव, २९ वर्षीय शिवकुमार यादव र १८ वर्षीया चाँदनी यादव रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार घाइते सबैलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा भर्ना गरिएको छ । (रासस)
प्रकाशित समय ०६:३६ बजे

















