गृहपृष्ठ माछापुच्छ्रे बैंकका दुई नयाँ शाखा सञ्चालनमा
माछापुच्छ्रे बैंकका दुई नयाँ शाखा सञ्चालनमा
माछापुच्छ्रे बैंकले नवलपुरको कावासोती र चितवनको टाँडीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले नवलपुरको कावासोती नगरपालिकास्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिकास्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।
कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरे ।
बैंकले नयाँ शाखामार्फत ग्राहकलाई कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको छ । बैंकले ती शाखामा २४सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको जनाएको छ । माछापुच्छ्रे बैंकले देशभरका ९६ शाखा, ६३ शाखारहित बैंकिङ इकाइ र ११९ एटीएमबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय २१:२३ बजे

















