गृहपृष्ठ कलंकी–नागढुंगा सडकमा स्थानीयको अवरोध
कलंकी–नागढुंगा सडकमा स्थानीयको अवरोध
कलंकी–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।
समयमा सडक निर्माण नसक्दा धुलो–धुवाँ बढेको भन्दै स्थानीयले सडकखण्डमा प्रदर्शन गर्दै बाटो बन्द गराएका छन् । स्थानीय बासिन्दाले यस अघि पनि काममा ढिलाई गरेको भन्दै बाटो बन्द गरेरै विरोध जनाएका थिए । सो बेला बाटोमा पानी हालेर धुलो उड्न नदिने प्रतिबद्धता र छिट्टै मर्मत सक्ने सहमतिपछि अवरोध हटाइएको थियो ।
सहमति अनुसार काम नभएको र प्रदुषणले आक्रान्त भएको भन्दै स्थानीय फेरि प्रदर्शनमै उत्रेका हुन् ।
प्रकाशित समय १०:२६ बजे

















