गृहपृष्ठ टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको रुलिङ
टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको रुलिङ
सभामुख कृष्णबहादुर महराले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका छन् ।
सो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसदै बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका हुन् ।
बुधबारको बैठकमा तराई–मधेश तथा थरुहट आन्दोलनको छानबीन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसद बैठक अवरुद्ध गरेको थियो । सभामुखको रुलिङपछि राजपाका सांसदले बैठक चल्न दिएका छन् ।
थरुहट आन्दोलनका क्रममा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो । टीकापुर घटना २०७२ साल भदौमा भएको थियो । आयोगले एक वर्षअघि नै प्रतिवेदन बुझाए पनि सार्वजनिक गरिएको छैन ।
प्रकाशित समय १३:५८ बजे

















